तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहीद्वारा मिडिया सेन्टरको अनुगमन

मुगु । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मिडिया सेन्टरको अनुगमन गर्नुभएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रङ्गशालामै मिडिया सेन्टर स्थापना गरेको हो । सोही मिडिया सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री शाहीले दशौँ खेलकुदको प्रचारप्रसारमा सेन्टरले प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।

कर्णालीमा ऐतिहासिक दशौँ खेलकुद भइरहेको र यसको प्रचारमा मिडिया सेन्टरले महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । दशौँ खेलकुदलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने भन्दै उहाँले सञ्चारमाध्यम र पत्रकारको भूमिका सकारात्मक भएको धारणा राख्नुभयो । खेलकुद प्रतियोगिताका बारेमा मिडिया सेन्टरले गरिरहेको समाचार सङ्कलन, कभरेज र प्रवाहको उहाँले प्रशंसासमेत गर्नुभयो ।

मुख्यमन्त्री शाहीले मिडिया सेन्टरका लागि आवश्यक पर्ने थप स्रोतसाधन व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button