पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक मङ्सिर १३ गतेदेखि दैनिक ५ घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउन दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म (दैनिक ५ घण्टा ) सडक बन्द रहनेछ । पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखी उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सडक बन्द रहने समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन रोकिनेछ । तर, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने प्रशासनले स्पष्ट पारेको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई समयअनुसार यात्रा योजना बनाउन आग्रह गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्