मधेश प्रदेशका प्रमुखलाई कोशी प्रदेश प्रमुखको समेत जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको समेत जिम्मेवारी तोक्नुभएको छ । रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको समेत जिम्मेवारी तोक्नुभएको छ ।
कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने गरी तोकिएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया राख्नुहोस्