हेटौंडामा प्रहरी सहायक हवल्दार मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट अगाडि अर्जुन वाग्लेको घरनजिकै रहेको जस्ताको ट्रसमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका ३५र३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको छ। घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खत्रीले बताए।









प्रतिक्रिया राख्नुहोस्