तपाईँ सुन्दै हुनुहुन्छः

वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेन एनपिएल खेल्न नेपाल आइपुगे

काठमाडौँ । वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुग्नुभएको छ । उहाँलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गर्नुभयो ।

एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले एकदिवसीयमा २०० रन बनाउनुभएको छ भने सात विकेट लिनुभएको छ ।

यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोड्नु भएको छ भने २४ विकेट लिनुभएको छ । उहाँले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाउनुभएको छ ।

एलेनले इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि नवौँ व्यावसायिक लिग हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button