रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर घाइते हुनुभएको छ ।
बिहीबार साँझ करिब ६:३० बजे फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिण्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ। उहाँ इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत हुनुहुन्थ्यो ।
दुर्घटनामा उहाँकी ३० वर्षीया श्रीमती निशा खड्का गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमले जानकारी दिनुभयाे।
प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले चौधरीलाई राति ८:१० बजे मृत घोषणा गर्नुभएकाे हाे।
गम्भीर घाइते भएकी निशा खड्काको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्