राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्नुहुने भएको छ ।
शीतल निवास स्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०ः२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम गरिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्