आइसिसी विश्वकप लिग–२ शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रतिनिधिहरूले स्वागत गर्नुभयो ।
लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले शृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले शृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्