तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका । बङ्गलादेशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिवार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ ।

ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो। कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिण पूर्वमा पर्दछ।

उहाँका अनुसार काठले बनेको उक्त रिसोर्टका तीन वटै तलामा आगलागीबाट क्षति पुगेको छ। अधिकारी जसिमका अनुसार स्थानीय समयअनुसार शनिवार बिहान ७ः२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो । अग्नि नियन्त्रकहरूले करिब बिहान ११ः०० बजे आगो पूर्ण रूपमा निभाएका थिए ।

आगलागीको यकिन कारण भने अझै पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button