तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय दसैँ बिदामा पनि खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडा दसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।

मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।

आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन पनि बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेल बताउनुभयो । उहाँका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button