सोलुखुम्बुका नौ हजार बढी पशुलाई खोरेतविरुद्धको खोप
सोलुखुम्बु। सोलुखुम्बुका आठवटै स्थानीय तहमा सञ्चालन भइरहेको खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियानअन्तर्गत नौ हजार ८९४ पशुलाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख डा. सुजन राईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्याका पशु चौपायालाई खोप दिइएको हो।
आर्थिक वर्ष २०८३/८४ को प्रथम चरणअन्तर्गत गत असोज १५ गतेदेखि सो खोप अभियान सञ्चालन गरिएको थियो।
केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकामा तीन हजार २५८ पशुलाई खोप लगाइएको छ। यस्तै, माप्य दूधकोशी गाउँपालिकामा एक हजार ५३१, सोताङ गाउँपालिकामा एक हजार २६८, सोलुदूधकुण्ड नगरपालिकामा एक हजार २१५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७४१, महाकुलुङ गाउँपालिकामा ७२७, लिखुपिके गाउँपालिकामा ६२८ र नेचासल्यान गाउँपालिकामा ५२६ पशुलाई खोप लगाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सल्लेरीको स्वीकृत कार्यक्रम तथा स्थानीय तहका प्राविधिकको सहयोगमा अभियान सञ्चालन भइरहेको कार्यालय प्रमुख डा. राईले जानकारी दिनुभयो। खोरेत रोगबाट पशुलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालित यस अभियानमा अहिलेसम्म खोप लगाउन बाँकी रहेका किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य खोप लगाउन केन्द्रले आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्