सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्ब बराबरको बजेट प्रस्तुत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३७ अर्ब बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले चालू आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

प्रदेश सरकारले चालू आवको तीन महिना पुग्नै लाग्दा ल्याएको बजेटमा सुशासन प्रवर्द्धन, सामाजिक न्याय, रोजगारी सिर्जनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटमा तत्कालीन सरकारले ल्याएका अधिकांश योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । बजेट भाषण पछि पत्रकारसँग कुरा गर्दै आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले गत असार १ गते प्रदेश सभामा पेश गरिएको बजेटमाथि टेकेर परिमार्जित गरि बजेट ल्याइएको बताउनुभयो ।
सरकारले बजेट ल्याएसँगै प्रदेशमा झण्डै तीन महिना देखिको बजेट शून्यताको अन्त्य भएको छ ।








प्रतिक्रिया राख्नुहोस्