काँग्रेस महाधिवेशन: मतदान भोलि बिहान ७ बजेका लागि तय

काठमान्डौँ I नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ ।
आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेका लागि तोकिएको थियो ।
प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान ७ बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्