तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन: फेरी सारियो मतदानको समय

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय साढे २ बजेका लागि सारिएको छ । 

यसअघि आज दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने गरी समय निर्धारण गरिएकोमा  अब दिउँसो साढे २ बजेका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेसँगै मतदानको समय पुनः सारिएको जानकारी दिएको छ ।

सुरुमा आजै बिहान १० बजेदेखि मतदान थाल्ने भनिएको थियो । उम्मेदवारको संख्या धेरै रहेकाले मतदान प्रक्रिया छोट्ट्याउने विषयमा समेत सहमति जुटाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button