तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ भने घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोला–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा सोमबार बिहान माटोको ढिस्को खस्दा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा मगरको ज्यान गएको हो । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक  फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ  । घाइतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button