तिनाउ नदीमा हाम फालेर एक पुरुष बेपत्ता
रूपन्देही । रूपन्देहीको बुटवलस्थित तिनाउ नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।
बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट शुक्रबार राति करिब ३५-३६ वर्षीय पुरुष नदीमा हाम फालेका हुन्।
स्थानीय जनप्रतिनिधि नकुल शाहीका अनुसार नदीमा हाम फालेका पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय बुटवलले बेपत्ता पुरुषको खोजी कार्य जारी राखेको छ।
ती पुरुष बजार क्षेत्रमा नियमित मदिरा सेवन गर्ने र मागेर खाने व्यक्ति रहेको स्थानीयले बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्