काठमाडौँ महानगरले ४ सय छात्रालाई आत्मरक्षा तालिम दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ ।
छात्रालाई हिंसा पहिचान गर्न र हिंसामा परेका बेला प्रतिरोध गरी आफूलाई सुरक्षित राख्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।

दुई दिन सञ्चालन हुने तालिम महानगरपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । प्रत्येक विद्यालयबाट ४० जना छात्रा तालिममा सहभागी हुनेछन् ।
तालिममा छात्रालाई सम्भावित हिंसाका घटना पहिचान गर्ने तथा जोखिमको अवस्थामा आफूलाई सुरक्षित राख्न अपनाउन सकिने उपायबारे व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्