तपाईँ सुन्दै हुनुहुन्छः

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा रु १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म गर्न सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button