तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य रु १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६५५ कायम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button