तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा डायस्पोरासम्बन्धी सरकारको नीति तथा प्राथमिकताबारे जानकारी गराउनुभएको हो ।

मन्त्री खनालको निजी सचिवालयका अनुसार मन्त्री खनालले नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीति रहेका बारेमा विस्तृत रूपमा चर्चा गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button