दुगड स्पाइसेसले भोटेकोशी बाढी प्रभावित सय जनालाई रोजगारी दिने
काठमाडौँ । सेन्चुरी ग्रुपको दुगड स्पाइसेसले भोटेकोशी बाढीबाट प्रभावित एक सय जनालाई रोजगारी दिने घोषणा गरेको छ ।
सेन्चुरी ग्रुप (दुगड स्पाइसेस) का अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगड र उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराउँदै कुल १ करोड १ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
अब बाढीबाट प्रभावितलाई दीर्घकालीन सहयोग हुने गरि रोजगारी प्रदान गर्ने तयारी गरेको हो । समूहले त्यस ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा कार्यालयहरूमा रोजगारी प्रदान गर्ने भएको हो
अहिले तत्काल एकसय जनालाई रोजगारी दिन सकिने भएको छ । त्यस्तै अभिभावक गुमेका तथा धन सम्पत्ति सबै गुमाएर असहाय बनेका बालबालिकाको विद्यालय तहको शिक्षाको जिम्मेवारी लिने भएको हो ।
ग्रुपका अध्यक्ष मोती दुगडले अहिले रोजगारी र शिक्षामा सहयोग गर्ने कार्यक्रम घोषणा भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्