तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

इस्लामाबाद। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाको सञ्चार शाखा अन्तरसेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटानजिकैको शाबान क्षेत्रमा बिहीबार आतंकवादीको आश्रयस्थललाई लक्षित गरी गरिएको कारबाहीमा पाँच जना मारिएका थिए । 

घटना स्थलबाट हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ । त्यसै गरी, शुक्रबार नुस्की जिल्लामा प्राप्त गोप्य सूचनाका आधारमा गरिएको अर्को कारबाहीमा सुरक्षा बल र आतंकवादीबिच भएको भीषण गोली हानाहानपछि ११ जना आतंकवादी मारिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार यी कारबाही आतंकवादी विरुद्ध सञ्चालन गरिएको व्यापक आतंकवाद विरोधी अभियान अन्तर्गत भएका हुन् । सेप्टेम्बर २१ देखि सुरु गरिएको उक्त अभियान अन्तर्गत बलुचिस्तानमा हालसम्म ३३ जना आतंकवादी मारिएको सेनाको दाबी छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button