तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्राकृतिक विपद्बाट प्रभावितहरूलाई सघाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button