१६ वर्षसम्म फरार अभियुक्त पक्राउ
सोलुखुम्बु । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–१, नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाण्डौको बौद्ध क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
जिल्ला अदालत सोलुखुम्बुले २०६७ वैशाख ५ गते कर्तव्य ज्यान मुद्दामा खत्रीलाई पाँच वर्ष कैदको फैसला गरेको थियो । फैसला कार्यान्वयनका क्रममा फरार रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापा नेतृत्वको टोलीले काठमाण्डौको बौद्धबाट पक्राउ गरी सोलुखुम्बु ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउपछि खत्रीलाई जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराइ अदालतको आदेशअनुसार कैद तथा जरिवाना भुक्तानीका लागि कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अदालतबाट फैसला भएका तर फरार रहेका प्रतिवादीहरूको खोजी तथा फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्