मोटरसाइकलको चक्कामा दुपट्टा बेरिँदा महिलाको मृत्यु
सल्यान । सल्यान त्रिवेणी गाउँपालिका ३ टाट्केमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार त्रिवेणी गाउँपालिका३ स्थित भित्री कच्ची सडकखण्डमा रा ४ प २४३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मोटरसाइकलको पछाडि सवार दाङको शान्तिनगर गाउँपालिका १ पेदीखोला निवासी अन्दाजी ३५ वर्षीया जिता केसीले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनी मोटरसाइकलबाट पल्टिएकी थिइन । त्यस क्रममा लतारिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।
मोटरसाइकल त्रिवेणी गाउँपालिका ३ पिङ खोला निवासी अन्दाजी २८ वर्षीय हरि बहादुर वलीले चलाएका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुहामबाट टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्