आसिफको शतकमा नेपालद्वारा युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा भइरहेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनल खेलमा नेपालले युएईलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको योगफल तयार पार्यो।
नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेल्दै बलियो आधार खडा गरे। उनले १०६ बलको सामना गर्दै ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।
यस प्रतियोगिताको विजेता टोली सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ।








प्रतिक्रिया राख्नुहोस्