प्रतिनिधिसभा बैठक: कर्मचारी सञ्चय कोष विधेयकमाथि छलफल
काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले अर्थमन्त्रालय अन्तरगत लगानी हुने निकायहरूमा एकरुपता कायम गर्दा सुशासन कायम हुने र बजार नियमन गर्न सकिनेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३ माथि छलफलमा भाग लिँदै सांसदहरु डा. पुष्पराज कँडेल, वर्षमान पुन, विदुषी राणा, लगायतले कर्मचारीको जीवनभरको बचतसँग जोडिएकाले त्यसको दीर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै सांसदहरुले सञ्चयकर्ताको विश्वास जितेर सुरक्षित पूँजी परिचालन गर्न विधेयक महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो ।
त्यसैगरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक २०८३ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराउनुभयो ।
प्रतिनिधिसभाको बैठक जारी छ ।







प्रतिक्रिया राख्नुहोस्