बेपत्ताको खोजीमा निरन्तरता दिन नेता पुनको माग
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद एवम् नेता वर्षमान पुनले भोटेकोशी बाढीमा फसेका तथा बेपत्ता नागरिकको थप खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय माग गरी बोल्दै सांसद पुनले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, खानेपानी, ग्याँस, इन्धन, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पुर्याउन सरकारसँग आग्रह गर्दै रसुवा र नुवाकोटका अति प्रभावित वस्तिमा राहत सामग्री पुग्न नसकेका बेला सरकार आकाशमा र काठमाडौँमा मात्रै देखियो भनेर सत्तारुढ दलबाट नै टिप्पणी आउनु दुःखद भएको बताउनुभयो ।
विपत्तिले सत्ता पक्ष र प्रतिपक्ष नभन्ने हुँदा बाढीको विपद् बेला नेकपा पार्टी सरकारसँगै रहेको नेता पुनले स्पष्ट पार्नुभयो ।
सबै पक्षलाई जोडेर विपद् सामना गर्ने राष्ट्रिय संयन्त्र गठन गर्न रास्वपाका सभापति रवी लामिछानेले राखेको प्रस्तावमा आफ्नो पार्टीको समर्थन रहेको जनाउँदै सांसद पुनले पीडित कुन दलको भनेर नहेरी सरकारले प्रभावितलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्