अस्पताल बाहिर प्रसुती गराउन बाध्य पार्नेलाई कारवाही हुन्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाण्डौ । सरकारले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिला सुत्केरी भएको घटनाको सत्यतथ्य छानविन भइरहेको जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको जानकारी दिदै छानविन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कारवाही गरिने स्पष्ट पार्नुभयो ।
सरकारले आमा र नवजात शिशुको सुरक्षालाई प्राथमिकता दिदै आएको भन्दै मन्त्री मेहताले महिलालाई गर्भवती अवस्थादेखि प्रसुतिपछिसम्म पनि निःशुल्क सेवा दिदै आएको पनि जानकारी गराउनुभयो ।
उहाँले, सरकारी अस्पतालहरुमा प्रसुती सेवा लिन आउनेलाई यातायात खर्चसमेत दिने स्पष्ट व्यवस्था भएकोमा उल्टै पैसा माग गर्नु गलत भएकाले घटनाको दोषीलाई सरकारले कारवाही गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्