तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह र व्यवसायीहरूसँगको छलफल जारी

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग आर्थिक सुधार र लगानी प्रवर्धनका विषयमा छलफल गरिरहनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी उक्त बैठकमा नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरू बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुहुन्छ।

छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने बताइएको छ।

बैठकमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी र मजबुत बनाउँदै अर्थतन्त्रका विद्यमान चुनौतीहरू समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहने जनाइएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button