तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढीपीडितलाई बाजुराका तीन स्थानीय तहको ४४ लाखभन्दा बढी सहयोग

बाजुरा ।रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि बाजुराका तीन स्थानीय तहले ४४ लाख ५१ हजार २ सय ४८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढीगंगा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्।

स्वामीकार्तिक खापर गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब तथा सुविधा कट्टी गरी सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिनुभयो।

त्यस्तै, बुढीगंगा नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट २२ लाख ९२ हजार ३ सय ३२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख रामबहादुर बानियाँले बताउनुभयो।

खप्तड छेडेदह गाउँपालिकाले जनप्रतिनिधिबाट ९३ हजार ५ सय रुपैयाँ, कर्मचारीबाट ४ लाख ४६ हजार ५ सय ८५ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीबाट १२ लाख ६८ हजार ८ सय ३१ रुपैयाँ र पालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिनुभयो।

तीनवटै स्थानीय तहले भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button