राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
आयोगका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आयोगले आर्थिक वर्ष २०८२ठ८३ मा सम्पादन गरेका काम तथा गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्