तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक २०८३ सर्वसम्मतिले पारित भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ३१ गते बुधबार सवा एक बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button