तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

विराटनगर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बाढीमा २०४ जना बेपत्ता, ३० जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको, एक जना घाइते भएको र १२ जनाको उद्धार भएको बताउनुभयो । 

उहाँले झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका, तीन उदयपुरका २१, ओखलढुङ्गाका ४८, खोटाङका ११ जना र सोलुखुम्बुका ४५ व्यक्ति बाढीमा परी बेपत्ता भएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button