भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शव फेला
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको नेपाल प्रहरीले छ ।
जसमध्ये रसुवामा १ सय २७, नुवाकोटमा १ सय ७७, धादिङमा ६०, चितवनमा ३ सय ५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १८ र नवलपरासी पश्चिम १ सय ९० र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो ।
यस्तै घाइते भएका मध्ये १ जनाको टिचिङ अस्पताल र १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
यसैगरी फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय १ महिला, ३ सय २७ पुरूष र ३ सय ६९ नखुलेको गरी जम्मा ८ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।
साथै पहिचान नभएको १ हजार ५२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
त्यस्तै हालसम्म बेपत्ता भएका ४ हजार ७ सय ९८ जनाको खोजी कार्य भइरहेको नेपाल प्रहरीले छ ।








प्रतिक्रिया राख्नुहोस्