बाढीले मोटरसाइकलसहित बगाएका दुई युवाको शव तीन दिनपछि भेटियो
रुपन्देही । बाढीले मोटरसाइकलसहित बगाएका दुई युवाको शव तीन दिनपछि रुपन्देहीमा भेटिएको छ ।
तीन दिनदेखि सम्पर्कविहीन पाल्पाका दुई युवा रूपन्देहीको सैनामैनामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले बताउनुभयो ।
रैनादेवी छहरा–७ जाेगदमारका ३२ वर्षीय विपिन पोखरेल र सोही ठाउँका २३ वर्षीय प्रविन पुन सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकलसहित खोलामा खसेको प्रहरीले जनाएको छ।
लु २१ प ९८७६ नम्बरको रातो-कालो रङको १५० सीसीको पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका बेला भदौ १५ गते बेलुकीदेखि दुई युवा बेपत्ता भएका थिए । दुबै जना घर नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
उनीहरूको शव सैनामैना–१० स्थित कञ्चन खोलामा फेला परेको हो। शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी श्रीवास्तवले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्