तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुग्नु भएको छ । 

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यबारे जानकारी लिन नुवाकोट जानुभएका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरुङसँग छलफल गर्नुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

गृहमन्त्री गुरुङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारका लागि समन्वय गरिरहनुभएको छ । सो अवसरमा जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो । 

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट जानुभएको छ । मन्त्री श्रेष्ठले आजै हेलिकप्टरमार्फत रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button