रौतहटमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुँदै
रौतहट । रौतहटमा विद्यालय स्तरीय क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले ‘जेसिस कप–२०८३’ अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा चन्द्रपुर नगरपालिका–८ स्थित बेतौना कोटी होम क्रिकेट मैदानमा भदौ १८ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेका अनुसार प्रतियोगिताका लागि जिल्लाका विभिन्न विद्यालयका क्रिकेट टोली सहभागी हुने गरी तयारी पूरा गरिँदै छ । प्रतियोगितामा चन्द्रपुर, गरुडा, कटहरिया तथा अन्य क्षेत्रका गरी १४ विद्यालयका टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालय, झरना आवासीय माध्यमिक विद्यालय, बाल निकेतन आवासीय माध्यमिक विद्यालय, एभरग्रिन आवासीय माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, मुनलाइट एकेडेमी, होलिभिजन आवासीय माध्यमिक विद्यालय, जय किसान माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय कनकपुर, माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय, द रिडर्स इन्टरनेशनल स्कुल, नेपाल पुलिस स्कुल, श्री जनता माध्यमिक विद्यालय र श्री रूपा नेपाली पाल माध्यमिक विद्यालय सहभागी हुने आयोजकले जनाएको छ ।
चन्द्रपुर क्रिकेट एकेडेमीका उपाध्यक्ष विष्णु थापा मगरले विद्यालय तहबाटै क्रिकेट खेलको आधार बलियो बनाउने र विद्यार्थीभित्र रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्