तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी: प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल जारी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट र क्षतिबारे प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गर्नुभएको छ।

खोज, उद्धार, राहत तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी ब्रिफिङ लिइरहनुभएको छ।

केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलले हालसम्म भएका खोज, उद्धार तथा राहत व्यवस्थापनबारे प्रधानमन्त्रीलाई गराउनुभएको छ।

यस्तै, प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि प्रभावित क्षेत्रको वस्तुस्थिति तथा उद्धारका उपायहरूबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button