प्रभावित जिल्लामा तत्काल रकम पठाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ ।

आज बसेको विपद् परिषद्को आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको र थप निर्णय आजैको मन्त्रिपरिषद् बैठकबाट हुने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्