सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सल्यान । सल्यानको बागचौर नगरपालिका–११ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार साँझ करिब ७ बजे काम सकेर फर्किने क्रममा बागचौर–११ स्थित पानीचौरमा बाफूखोला तर्ने क्रममा दुई जनालाई खोलाले बगाएको हो।
खोलाले बगाउँदा रोल्पाको गंगादेव गाउँपालिका–४ का ७२ वर्षीय देरुप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उहाँको शव बगेको स्थानदेखि करिब ५०० मिटर तल फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।
यस्तै, बागचौर–११ कुकुरगारेका ४७ वर्षीय भीमबहादुर वली गम्भीर घाइते हुनुभएको छ। उहाँलाई बगेको स्थानदेखि करिब ५० मिटर तल अचेत अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्