तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल ‘ए’ द्वारा होबार्ट हरिकेन्स पराजित

काठमाडौँ । नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी टप एन्ड टि–२० मा पहिलो जित दर्ता गरेको छ । 

होबार्ट हरिकेन्सलाई ३९ रनले  हराउँदै पहिलो जित दर्ता गरेको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्सले १८.३ ओभरमा १ सय १५ रन बनाउन सक्यो ।

नेपाल ‘ए’ का लागि नारायण जोशीले ३,सहाब आलाम र पवन सर्राफले समान २ तथा विपिन खत्रीले १ विकेट लिए । होबार्ट हुरिकेन्स लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए ।

नेपाल ‘ए’ को लागि कुशल भुर्तेलले सर्वाधिक रनसहित ८ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो । कुशलले ३९ रन बनाए । मयन यादवले ३१, अनिल साहले २८, लोकेश बमले २० रन बनाए ।

नेपाल ए ले पछिल्लो दुवै खेलमा  ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो । बङ्गलादेश हाइ पर्फर्मेन्स टिमसँग ९ विकेटले पराजित भएको खेलमा नेपालले ९९ रन मात्र बनाएको थियो । 

नेपाल ए पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो । त्यसमा पनि नेपाल ए ले १ सय २२ रन बनाएको थियो । ९ टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ‘ए’ २ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।

नेपालले अब बुधबार अष्ट्रेलियन क्रिकेट टेरीटरीको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button