तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका मुख्यमन्त्री थापाद्वारा आइतबार विश्वासको मत लिने तयारी

हेटौँडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको छ।

प्रदेशसभाको बैठक आगामी ७ गते आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। सोही बैठकमा मुख्यमन्त्री थापाले संविधान बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित ६३ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थिए। १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यकता पर्दछ।

हालै गठित मन्त्रिपरिषदसँगै मुख्यमन्त्री थापाले प्रदेशसभाबाट औपचारिक रूपमा विश्वासको मत प्राप्त गरी सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button