रोल्पाको भित्रिगाम पहिरोमा परेका ४ जनाको पहिचान खुल्यो
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगाममा भारी वर्षासँगै आएको पहिरोले दुई वटा घर पुरिँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

थबाङ गाउँपालिका–५ उवाको कोटलबारा गाउँमा बुधबार मात्रै पहिरोले पुर्याएको जनधनको क्षतिको घटना सेलाउन नपाउँदै गए राति सुनछहरी गाउँपालिका–२ भित्रिगाममा पर्ने फलाबाङ र माङरारु गाउँमा पहिरोले क्षति पुर्याएको हो ।
फलबाङमा पहिरोले स्थानीय वीरबहादुर घर्तीमगरको घर पुरिँदा घरधनीसहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७७ वर्षीय विरु घर्तीमगर, ६८ वर्षीया श्रीमती शनी घर्तीमगर, छिमेकी घरमा बास बस्न आएकी ७० वर्षीया लली घर्तीमगर र ६४ वर्षीय लामी घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्