तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको सुनछहरीमा पहिरोले दुई घर पुर्‍यो, चार जनाको मृत्यु

रोल्पा।रोल्पाको सुनछहरी गाउँपालिका–अन्तर्गत भित्रीगाममा गएराति अविरल वर्षासँगै आएको पहिरोले दुई घर पुरेको छ। पहिरोमा परी चार जनाको मृत्यु भएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभएको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।यसैबीच, रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परेका नागरिकको उद्धार गरी फर्कने क्रममा फुलीवनमा लेदोसहितको पहिरोले उद्धार टोलीको बाटो अवरुद्ध गरेको छ।

पहिरो पन्छाएर भित्रीगाम घटनास्थलतर्फ जाने तयारी भइरहेको अध्यक्ष पुनले बताउनुभएको छ।उद्धार तथा राहतका लागि लुम्बिनी प्रदेश प्रहरीका डीआईजी, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, गाउँपालिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीलगायत करिब एक सय जनाको टोली परिचालन भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button