तपाईँ सुन्दै हुनुहुन्छः

‘कूटनीतिक महत्वका दस्ताबेजहरूको संरक्षणमा सरकार गम्भीर’

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्ताबेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडी बढाएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले परराष्ट्र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री खनालले अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबिच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो ।

मन्त्री खनालले वि.स. १८१६ को सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्ताबेज छन् की छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो ।

सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्त बमोजिम मित्रराष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा पुनरावलोकन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button