तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

काठमाडौँ । यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली झिलिमिली बनाइँदै छ । रात्रिकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले राससलाई जानकारी दिनुभयो । नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन बत्ती बाल्न सुरु भइसकेको उहाँले बताउनुभयो । 

बत्तीको तार भूमिगत बनाउन भने पुरातत्त्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रङ्गराेगन र साजसजावट सुरु भएको छ । यस वर्षको इन्द्रजात्रा असोज ९ गते परेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button