तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तु ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको, विभिन्न जिल्लाहरूमा बँदेल लगायतका वन्यजन्तुको आतङ्कले किसानले लगाएका बाली नष्ट बनाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको भन्दै नागरिकसँग स्वास्थ्य  बिमाको कार्ड र आश्वासन भएपनि औषधी उपचार नपाएको भन्दै सरकारले स्वास्थ्य बिमालाई नै उपचार गर्नुपर्ने अवस्थामा पुर्याएको टिप्पणी गर्नुभयो ।

सांसदहरुले स्वास्थ्य बिमाका विषयमा भाषण, प्रचार र प्रतिवेदन नभई औषधी उपचार, परिणाम र लोक कल्याणकारी बनेर देखाउन सरकारलाई आग्रह गर्दै जनताको जीवन सँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दैनिक उपभोग्य वस्तुहरू ग्याँसको अभावले नागरिक घण्टौँ. लाइन बस्नुपर्ने अवस्था एकातिर छ भने भोकै बस्नुपर्ने अवस्थासमेत सिर्जना भएको भन्दै बजार अनुगमन, कालोबजारी नियन्त्रण, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सांसदहरुले माग गर्नुभयो ।

दैलेख लगायतका विभिन्न जिल्लामा बँदेल आतङ्कले किसानको मकै बाली सखाप पारेको भन्दै वर्षभरी किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणका पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button