दुर्घटनापछि ट्रकमा आगलागी, एक जनाको मृत्यु
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारस्थित सडकखण्डमा सोमबार राति ट्रक दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
तमोर करिडोर सडक अन्तरगत फलामेटारमा विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोका सामान बोकी जाँदै गरेको प्र.१–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको थियो । दुर्घटनापछि ट्रकमा लागेको आगोमा परि सवारी चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नं. ९ का १८ वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनाको कारण र आगलागीसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्