तपाईँ सुन्दै हुनुहुन्छः

उषाको तीज गीत ‘रातो चुरा, रातै सारी’ 

काठमाडौँ । चर्चित आधुनिक तथा लोक गायिका उषा गजुरेलको तीजको नयाँ गीत ‘रातो चुरा, रातै सारी’ बजारमा आएको छ । शब्द र सङ्गीत समेत आफैँले तयार पारेको उषाको यो गीत बजारमा आएको छोटो समयमै निक्कै लोकप्रिय बनेको छ ।

‘रातो चुरा, रातै सारी’ तीजको उत्सवमा आधारित गीत मात्र नभै नेपाली नारीको प्रेम, संस्कार, आत्मविश्वास, मातृत्व र सङ्घर्षको कथा समेत हो– गायिका उषा गजुरेलले भनिन् । यो गीत धेरै महिलाहरूले आफ्नै जीवनसँग जोडेर पनि सुन्न र म्युजिक भिडियोमा हेर्न तथा महशुस गर्न सक्ने उषाको भनाई छ ।

पारिवारिक जिम्मेवारी, अटिजम भएको सन्तानको हेरचाह र गर्भावस्थाको संवेदनशील समयमा पनि गायिका उषा गजुरेलले गीतको शब्द र सङ्गीतसँगै म्युजिक भिडियोमा समेत जीवन्त अभिनय गर्न समेत सकेकी छन् । 

गायिका उषा गजुरेल गीत केवल मनोरञ्जनको साधनमात्र नभै जीवनका पीडा, अपेक्षा, प्रेम र सपनालाई अभिव्यक्त गर्ने माध्यम समेत भएकोले आफु जुनसुकै कठिन परिस्थितिमा रहँदा पनि सङ्गीत पस्कने कुराबाट अछुत रहन नसक्ने बताउँछिन् । 

दर्जनौँ म्युजिक भिडियोमा स्वर तथा सङ्गीत दिएकी उषा गजुरेलको पछिल्लो म्युजिक भिडियो ‘पप्पी देऊ न’ पनि निक्कै चर्चित बनेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button